फोरम-राजपाको ध्यान सरकारमा

काठमाडौं, २ पुस- प्रदेश २ को प्रदेशसभामा पूर्ण बहुमत ल्याएका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको अर्को साता बस्ने बैठकले प्रदेस सरकार प्रमुख र सरकारको कार्य योजनालगायत विभिन्न विषयमा निर्णय गर्ने भएको छ ।मंसिर १० र २१ गते भएको चुनावमा देशभर प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ४० सिट जितेको संघीय फोरम-राजपा गठबन्धनले दुवै संसदको समानुपातिक निर्वाचनमा पनि राम्रो मत ल्याएका छन् निर्वाचन आयोगका अनुसार शनिबार रातिसम्म समानुपातिकतर्फ संघीय फोरमले ४ लाख ६८ हजार ३ सय ९९ र राजपाले ४ लाख ६८ हजार ३ सय ४६ मत पाएका छन् । प्रदेस २ मा प्रतिनिधिसभा तर्फ ३२, प्रदेससभाको प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सिट गरी कूल १ सय ७ सिट छन् राजपा अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले प्रदेस २ को सरकार र कार्ययोजना तयार पार्न अनौपचारिक गृहकार्य थालिसकेको बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?