प्रत्यक्षमा हार बेहोरेको कांग्रेसको समानुपातिकमा एमालेको हाराहारीमा मत

काठमाडौं, २ पुस—समानुपातिक निर्वाच्न प्रणालीतर्फको मतगणना करीब—करीब सकिएको छ । दलहरुले प्राप्त गरेको मतअनुसार एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, संघीय समाजवादी फोरमले ६ र राजपाले पनि ६ सिट पाउने सम्भावना रहेको छ । मतपरिणाम अनुसार कांग्रेसले पहिलो पार्टी बनेको एमालेकै हाराहारीमा समानुपातिक मत ल्याएको छ एमालेले ३३.२६ प्रतिशत मत ल्याउँदा कांग्रेसले ३२.७४ मत ल्याएको छ । हालसम्म ९५ लाख ३ हजार ६ सय १८ मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ । कान्तिपुरमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?