प्रदेश २ मा मधेशवादी दलको सरकार

काठमाडौं, २ पुस – समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेसँगै प्रदेश मुख्यमन्त्रीका विषयमा चर्चा सुरु भएको छ । सातवटा प्रदेशमध्ये छ वटा प्रदेशमा वामगठबन्धनको बहुमत रहेकाले गठबन्धनले नै प्रदेश सरकार बनाउने निश्चित छ । प्रदेश २ मा भने मधेशवादी दलले प्रदेश सरकार बनाउने सम्भावना छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर संयोजक रहेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले मिलेर संयुक्त सरकार बनाउन आन्तरिक सहमति गरिसकेका छन्,  गोरखापत्रमा खबर छ चुनावमा यी दुई दलले प्रदेश २ का लागि सीटमा तालमेल समेत गरेका थिए । दुई दलले संयुक्त रुपमा गरेको चुनावी प्रचारमा नेताहरूले मधेशवादी दललाई मत माग्दै मधेश सरकार बनाउने प्रतिवद्धता गरेका थिए । प्रदेशसभामा मधेशवादी दलले बहुमत प्राप्त गरेको हुनाले प्रतिवद्धता अनुसार प्रदेश सरकार गठन गर्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?