सर्लाहीबाहेक सबै क्षेत्रको समानुपातिक मतगणना सकियो ,तीनवटा मतपेटिकाको मात्र मतगणना बाँकी

काठमाडौं, २ पुस- मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपतिकतर्फको तीनवटा मतपेटिका बाहेक अन्य सबै जिल्ला र प्रदेशको मत गणना गर्ने कार्य सकिएको छ अब सर्लाही जिल्लाको क्षेत्र नम्बर २ को तीनवटा मतपेटिकाको मात्र मतगणना गर्न बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिए सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले मतगणना गर्न बाँकी रहेका तीनवटा मतपेटिकाको गणना कार्य आइतबार बिहान १० बजेभित्रै सम्पन्न गरी मतपरिणाम सार्वजनिक गरिने जानकारी दिए, गोरखापत्रमा खबर छ आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारी अनुसार, आयोगको सूचना प्रणालीमा सोलुखुम्बु जिल्ला र सर्लाही जिल्लाको क्षेत्र नं. २ को अन्तिम मत परिणामबाहेक अन्य सबै जिल्ला र निर्वाचन क्षेत्रको मतपरिणाम प्राप्त भइसकेको छ प्राप्त पछिल्लो विवरण अनुसार, प्रतिनिधिसभातर्फ नेकपा (एमाले)को अग्रस्थान कायमै रहेको छ । त्यसैगरी दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को गठबन्धन, चौथोमा राष्ट्रिय जनता पार्टी र पाँचौंमा संघीय समाजवादी फोरम नेपाल रहेका छन् यसैगरी, सातवटा प्रदेशमध्ये पाँचवटामा नेकपा (एमाले) र दुईवटा प्रदेशमा नेपाली काँग्रेस अग्रस्थानमा रहेका छन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?