केपी शर्मा ओलीलाई राजेश हमालको बधाइ

भक्तपुर,१ पुष । वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा त्यसका नेतृत्वकर्ता नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महानायक राजेश हमालले बधाइ दिएका छन् ।हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता,शान्ती र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन् ।आज शनिवार ओली निवास बालकोट पुगेर हमालले अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताउनुभयो ।अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताउनुभयो । ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीले भन्नुभयो ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’ओलीले चलचित्र हिरोहरुले चलचित्रमा अभिनय मात्र होइन कि देश बनाउनका लागी साँच्ची नै भूमिका निवार्ह गर्नुपर्ने बताउनुभएको छ । ‘देश निर्माणका लागी अभिनय मात्र होइन तपाईंहरुबाट साँच्चीकै सहयोगको अपेक्षा गरिएको छ ’ हमाललाई ओलीले भन्नुभयो ।हमालले पनि देशले आफूहरुबाट गरेको अपेक्षा पुरा गर्न कुनै कसर बांकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?