व्यापारीको घरमा प्रचण्ड !

काठमाडौं, १ पुस । लाजिम्पाटमा बस्दै आएका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यहाँबाट ललितपुर सरेका छन् प्रचण्ड ललितपुर–१५ स्थित खुमलटार हाइटस्थित नयाँ घरमा शुक्रवार साँझबाट बस्न सुरु गरेको बताइएको छ । यद्यपी पूर्णरुपमा लाजिम्पाटबाट सामान भने सारिएको छैन प्रचण्डले शुक्रबार राती खुमलटारकै निवासमा बताएको बताइएपनि अझैं पनि भेटघाट भने लाजिम्पाटमै गर्दै आएका छन् आज बिहानमात्रै वाम गठबन्धनका विद्यार्थी संगठनको प्रचण्डलाई बधाई दिने कार्यक्रम लाजिम्पाटमै राखिएको थियो अहिले सामान सार्ने काम भइसकेकाले पूर्णरुपमा खुमलटारमा सिफ्ट हुन कम्तीमा पनि एक साता लाग्ने बताइएको छ प्रचण्ड बस्न लागेको घर कसको हो भन्नेचाहिँ खुलिसकेको छैन । यद्यपी केहि मिडियाले उनी शारदा अधिकारी नाम गरेका व्यापारीको घरमा बस्ने गरेको उल्लेख गरेका छन् । शारदाका घरमा बेलाबेला शीर्ष नेताहरुको बैठक समेत बस्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?