वैद्य माओवादीका सबै उम्मेदवार धरौटी जोगाउन असफल, समानुपातिकमा पनि कमजोर

काठमाडौं, १ पुस । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको क्रान्तिकारी उपयोग भन्दै निर्वाचनमा गएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका सबै उम्मेदवार धरौती जोगाउन समेत असफल भएका छन् पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका माध्यमबाट चुनावमा गएको सो पार्टीले प्रतिनिधिसभा तर्फ ९२ जना र प्रदेशसभामा १ सय २३ जना उम्मेदवार उठाएको थियो तर कुनै पनि उम्मेदवारले जमानत जोगाउन आवश्यक कुल सदर मतको १० प्रतिशत ल्याउन असफल भएका छन् । मोर्चाका तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका विदुर प्रसाद खरेलले ल्याएको १ हजार ३६ मत नै सो पार्टीका कुनै पनि उम्मेदवारले ल्याएको सर्वाधिक मत हो यसैगरी समानुपातिकतर्फ पनि शनिबार दिउँसोसम्मको परिणामअनुसार १३ हजार ८ सय ९२ मत पाएको छ । राष्ट्रिय दलको मान्यता पाउनका लागि प्रत्यक्षतर्फ १ सिट र समानुपातिक तर्फ ३ प्रतिशत थ्रेसहोल्ड पार गर्नुपर्ने व्यवस्था भएपनि सो पार्टीले दुवैतर्फ परिणाम ल्याउन सकेन करिब ५ वर्षअघि २०६९ साल असारमा बौद्धमा राष्ट्रिय भेला गरी तत्कालीन एनेकपा (माओवादी) को ठूलो हिस्सा लिएर बाहिरएका वैद्यले त्यसपछि २ पटक पार्टी विभाजन बेहोरिसकेका छन् २०७१ मंसिरमा सो पार्टीका तत्कालीन सचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी विभाजन गरेका थिए भने २०७३ जेठमा पार्टी महासचिव रामबहादुर थापा ठूलो हिस्सासहित पुनः एमाओवादीमा फर्किएर माओवादी केन्द्र गठन गरेपछि वैद्य कमजोर अवस्थामा पुगेका हुन् यसबीचमा उनले परि थापा नेतृत्वको नेकपा (एकीकृत) सँग एकता गरेपनि त्यसबाट आएका युवा कार्यकर्ताहरु थापा समूहबाट माओवादी केन्द्रमा गएपछि बुद्धनगरमा वृद्ध नेताहरुको केन्द्रीकरणमात्रै भएको सो पार्टीभित्र चर्चा चल्ने गरेको छ गत असोजमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा निर्माण गर्ने भन्दै पोखरामा राष्ट्रिय सम्मेलन गरेको थियो । सो राष्ट्रिय सम्मेलनमा करिब ९० प्रतिशत कार्यकर्ताले निर्वाचन बहिस्कार गर्नुपर्ने र सशस्त्र युद्धको कार्यदिशा निर्माण गरेर जानुपर्ने आवाज उठाएका थिए तर, दुई वर्षअघि नेकपा (एकीकृत) बाट एकतामा आएका रामसिंह श्रीस र सिताराम तामाङले निर्वाचनमा नजाने, पार्टीको नाम फेरेर नेकपा (माओवादी) राख्ने र जनयुद्धको कार्यदिशा निर्माण गरे आफूहरु बाहिरिने धम्की दिएपछि सम्मेलन जनविद्रोहको सामरिक कार्यदिशा पारित गर्दै निर्वाचनमा सहभागी हुने निर्णयसहित सकिएको थियो पार्टीको कार्यदिशा र नाममा कार्यकर्ताको ठूलो पंक्तिले असहमति जनाएको थियो । राष्ट्रिय सम्मेलनपछि सो पार्टीबाट केही केन्द्रीय सदस्यसहितका नेताहरु माओवादी केन्द्रमा नै फर्किका थिए कार्यकर्ताको असन्तुष्टिका बाबजुद निर्वाचनमा गएको सो पार्टीले त्यसको समीक्षा, पार्टीको स्थायी समिति र पोलिटब्युरोको निर्माण तथा भावी कार्ययोजना निर्माणका लागि भन्दै पुसको पहिलो साताबाटै चितवनमा केन्द्रीय समितिको बैठक बोलाएको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?