विवेकशील साझा ३ नम्बर प्रदेशमा बलियो, अन्य प्रदेशमा कमजोर

काठमाडौं, १ पुस । ‘यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व’ भन्ने नारासहित हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको विवेकशील साझा पार्टी अन्ततः आफ्नो योजनामा असफल बनेको छ विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेन भने प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेपछि उसको राष्ट्रिय पार्टी बन्ने सम्भावना सकिएको हो काठमाडौंका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विवेकशील साझाका तीन जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ३, ४ र १० का उम्मेदवारको जमानत जफत भएको हो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा अनुसार जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत ल्याउनुपर्ने हुन्छ पार्टी गठनको केही समयभित्रै निकै चर्चा कमाएको विवेकशील साझा पार्टीले सबैभन्दा बढी मत प्रत्यक्षतर्फ काठमाडौं १ मा पायो । यो निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका विवेकशील साझाका रविन्द्र मिश्र नेपाली काँग्रेसका प्रकाशमानसिंहसँग निकटतम प्रतिद्वन्द्वी बन्नु नै विवेकशीलको सबैभन्दा राम्रो नतिजा हो काठमाडौं १ मा प्रकाशमान सिंहले १० हजार ९ सय ३६ मत ल्याएर विजयी हुँदा विवेकशीलका रविन्द्र मिश्रले १० हजार १ सय १८ मत पाए विवेकशील साझाले समानुपातिक तर्फ ल्याएको मध्ये ३ नम्बर प्रदेशमा सबैभन्दा बढी मत ल्याएको छ । उसले ३ नम्बर प्रदेशबाट १ लाख २४ हजार ४ सय ४२ मत पाएको छ भने अरु ६ प्रदेशबाट ८७ हजार ५ सय १९ मत मात्रै प्राप्त गरेको छ । विवेकशीलले समानुपातिकबाट तीन नम्बर प्रदेशमा ३ सिट प्राप्त गर्नेछ अन्य प्रदेशमा भने विवेकशीलले सांसद प्राप्त गर्ने अवस्था छैन । उसले प्रदेश १ बाट २१ हजार २ सय ९९, प्रदेश २ बाट ५ हजार २ सय ४६, प्रदेश ४ बाट १६ हजार ५ सय ७३, प्रदेश ५ बाट २० हजार २ सय ४४, प्रदेश ६ बाट २ हजार ६८ र प्रदेश ७ बाट ८ हजार ५ सय २८ मत ल्याएको छ केही प्रदेशमा उसले ल्याएको मतको हिसाब गर्दा एउटा प्रदेश सांसद बराबरको मत देखिएपनि समग्रमा ३ प्रतिशत थ्रेसहोल्ड नकटाएका कारण उसले यो अवसर पाउनेछैन विवेकशील साझ देशमा समृद्धिको नारासहित स्थापित भएको पार्टी हो । यही नारा पछिल्लो समयमा वाम गठबन्धन र नयाँ शक्ति पार्टीले पनि उठाएकाले आगामी ५ वर्ष उसलाईं आफ्नो एजेन्डालाई प्रदुषित बन्न नदिइ जोगाउने चुनौती हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?