एमालेलाई सम्झाइदिन देउवाको आग्रह, अध्यादेश फिर्ता लिन नमिल्ने

काठमाडौं, १ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा देउवाउले राष्ट्रिय सभासम्बन्धि अध्यादेश फिर्ता लिन नमिल्ने बताएका छन् सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश पारित नगर्न एमालेले उक्साइरहेको भन्दै राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न र एमालेलाई सम्झाइदिन देउवाले प्रचण्डसँग आग्रह समेत गरेका छन् प्रचण्डलाई देउवाले राष्ट्रपतिसमक्ष पठाइएको अध्यादेश तत्काल पारित गर्ने वातावरण बनाउन पनि आग्रह गरेको बताइएको छ एमालेले सरकारले राष्ट्रपतिसमक्ष पठाएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेशमा एकल संक्रमणीय निर्वाचन प्रणाली उल्लेख भएको र त्यस्तो निर्वाचन प्रणाली असंवैधानिक भएको दाबी गर्दै आएको छ राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पारित भएपछि मात्रै राष्ट्रियसभा निर्वाचनको बाटो खुला हुन्छ । देउवाले अध्यादेश पारित हुनासाथ आफूले सत्ता हस्तान्तरण गर्नेपनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?