ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

पाल्पा, १ पुस । पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे रहेका छन् । तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नं ट्र्याक्टर दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् घाइतेको अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष नीरबहादुर सारुले बताए दुर्घटनापछि ट्र्याक्टर ५० मिटर तल अम्रिसाको झाडीमा खस्न पुगेको हो । घाइते जल्पा मैदानका गाडी मालिक कर्णबहादुर कुवँर, रेवन्त हिस्की, तिलबहादुर गाहा र सुशान्त सारु रहेको वडाध्यक्ष सारुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?