समानुपातिक मतगणना अन्तिम चरणमाः कुन पार्टीले कति मत ल्याए ?

काठमाडौं, १ पुस । दुई चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ नतिजा अनुसार हालसम्म ९६ प्रतिशतभन्दा बढी मत गनिइसकिएको निर्वाचन आयोगले जनाएको छ आयोगका अनुसार नेकपा एमाले ३१,३३,२०३ मत ल्याउँदै १ नम्बर पार्टी भएको छ । यस्तै नेपाली कांग्रेस ३०,७१,५१२ मत ल्याउँदै दोस्रो स्थानमा रहेको छ । यसैगरी माओवादी केन्द्र १२,७४,८८४, समाजवादी फोरम ४,६०,०८४, राजपा ४,४८,६११ मत ल्याउँदै क्रमशः तेस्रो चौथो र पाँचौ स्थानमा रहेका छन् । यी पाँच पार्टी राष्ट्रिय दल बन्ने निश्चित समेत भएको छ यसैगरी विवेकशलि साझा पार्टीले २,११,५३४, राप्रपाले १९,३९३, राप्रपा प्रजातान्त्रिकले ८७,६०७, नयाँ शक्तिले ८०,७५४, जनमोर्चाले ६,०४७ मत ल्याउँदा ? साना पार्टीले ३४,८३५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?