रोहिङ्ग्या सम्बन्धी प्रतिवेदनप्रति म्यान्माली सेनाको आपत्ति

याङ्गुन, १ पुस । म्यानमारको सेनाले रोहिङ्ग्या मुस्लिम समुदायका नागरिकको विषयमा हालै सार्वजनिक गरिएको एक प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

गत अगष्ट महिनामा रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध म्यान्माली सेनाले सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७ सय जना सर्वसाधारण नागरिक मारिएको एक प्रतिवेदन बिहीबार मात्र सार्वजनिक भएको थियो ।

म्यानमारको सेनाले रोहिङ्ग्याविरुद्ध गरिएको एक ठूलो ज्यादतिका रुपमा यसलाई लिइएको थियो । म्यान्माली सेनाले यस क्रममा बालबालिकाको पनि हत्या गरेको सो प्रतिवेदनमा सार्वजनिक गरेको छ ।

यसअघि संयुक्त राष्ट्रसंघ र संयुुक्त राज्य अमेरिकाले भनेजस्तैगरी म्यानमारमा रोहिङ्ग्याका विरुद्धमा जातीय सफाया भएको भन्ने भनाइको यस प्रतिवेदनले पुष्टी गरेको छ । तर म्यानमारले भने यो स्वीकार गरेको छैन ।

म्यानमारको सेनाले उक्त प्रतिवेदनको खण्डन गर्दै त्यस्तो कुनै ज्यादति सेनाको तर्फबाट नभएको र यसका कारण नागरिकमा त्रास फैलाइएको भन्ने भनाई सत्य नरहेको बताएको छ ।

बिहीबार डाक्टर विदाउट बोर्डरर्स, एमएसएफले रोहिङ्ग्या शरणार्थीका बारेमा एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सो प्रतिवेदनमा कारबाहीका क्रममा बालबालिकाको हत्या गरेको तथा महिलाहरुमाथि बालात्कार भएको जनाइएको छ । सो समुदायलाई वास्तवमा यहाँबाट लखेट्न र उनीहरुबिरुद्ध जातीय सफाया गर्न यस्तो गरिएको पाइएको सो अनुसन्धानबाट पत्ता लागेको जनाइएको छ ।

राखिन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म गरेको कारबाहीका क्रममा ती मानिस मारिएका थिए । सो प्रतिवेदनअनुसार यसरी मारिनेमा ७३० जना बालबालिका पनि छन् ।

उनीहरुमाथिको यो ज्यादतिपछि उनीहरु गत अगष्ट २५ मा उनीहरुदे देश छोडेर भागेका हुन् । उनीहरु हाल बंगलादेशको शरणार्थी शिवीरमा रहेका छन् ।

यसरी लखेटिएर ६ लाख २० हजार भन्दा बढी म्यान्माली शरणार्थी बङ्गलादेश पुगेका छन् । उनीहरु हाल त्यहाँ शरणार्थी शिविरमा बसिरहेका छन् । उनीहरु राज्यले नै ज्यादति गरेकोले ज्यान जोगाउनका लागि भाग्नु परेको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?