नेपालमा किन बढे वामपन्थी ?

काठमाडौं, १ पुस— प्रतिनिधिसभा र प्रदेशसभाको पछिल्लो निर्वाचनबाट वामपन्थी दलहरु झण्डै दुई तिहाईको नजिक पुगेका छन् भने नेपाली कांग्रेस इतिहासमै कमजोर अवस्थामा पुगेको आजको कान्तिपुरमा विशेष रिपोर्ट छापिएको छ राप्रपालगायतका अनुदारवादी शक्ति विलाउँदै गएका छन् भने मधेसी दल नयाँ शक्तिका रुपमा उदाएका छन् । ०१५ देखि अहिलेसम्मका ७ निर्वाचनमा वामपन्थी वर्चस्व बढ्दै गएको देखिन्छ कम्युनिष्टहरु कांग्रेस भन्दा बढी फुट र गुटबाट गुज्रिएका छन् व्यक्तित्वको टकराव, सिद्धान्तको रडाको र लाभको आकांक्षाले कम्युनिष्टहरुलाई राम्ररी गिजोलेको छ तर संसदीय निर्वाचनलाई केलाउँदा उनीहरुको प्रभाव प्रत्येक चुनावमा क्रमशः बढ्दै गएको देखिन्छ । कम्युनिष्ट पार्टीहरुले तल्लो वर्गको प्रतिनिधित्व गर्ने र नेपालमा त्यस्तो खालको जनमत धेरै भएकाले उनीहरु फस्टाउँदै गएको माक्सवादी अध्येता तथा एमाले नेता डा विजय पौडेल बताउँछन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?