प्रतिनिधिसभामा ५ दलमात्र राष्ट्रिय दल

काठमाडौँ, १ पुस – प्रतिनिधिसभामा पाँचवटा राजनीतिक दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने करिव निश्चित भएको छ । मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको जारी मतगणना अन्तिम चरणमा पुगेको गोरखापत्रमा खबर छ राजनीति दलसम्बन्धी ऐनको दफा ५२ अनुसार राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षमा न्यूनतम एक सिट पाउनु पर्नेछ । प्रत्यक्षमा सिट जित्न नसकेर समानुपातिकमा तीन प्रतिशत मत कटाएका दलका सांसद् स्वतन्त्र हुनेछन् । तर, योपटक प्रत्यक्षमा एक सिटमा जित हासिल गरेका कुनै पनि दलहरु समानुपातिकको तीन प्रतिशत मत कटाउने लक्ष्यमा छैनन् प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनमा भाग लिएका ४९ मध्ये ४४ दलको धरौटी जफत हुने देखिएको छ । तोकिएको थ्रेसहोल्ड कटाउन नसक्ने दलको धरौटी जफत हुने कानुनी व्यवस्थाका कारण तीन दलको धरौटी जफत हुने भएको हो । सदर मतको कम्तीमा तीन प्रतिशत मत नल्याउने दलको जमानत जफत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?