महँगा मार्समेलो भेट्न किन मरिहत्ते ?

काठमाडौँ, १ पुस- दर्शकदीर्घामा प्रस्तुत हुँदा शिरमा हेल्मेट लगाएर उपस्थित हुने डीजे मार्समेलो दुई वर्षयता चर्चामा छन्। टाउकोसम्म छोपिएको हेल्मेट र सेतो पोसाकमा सजिएर स्टेज तताउन उनी माहिर मानिन्छन्। स्टेजमा मार्समेलोको नामबाट चिनिए पनि वास्तविक नाम भने गोप्य नै छ। मार्समेलोको शैलीलाई अमेरिकन डीजे क्रिस्चियन कमस्टकले पछ्याएका छन्। सन् २०१५ देखि उनी संसारभरका दर्शक÷स्रोतामाझ परिचित हुन पुगेका हुन्। भोकल, रिमिक्स ट्र्यापमा उनी पोख्त मानिन्छन्विश्वका धनी व्यक्तिहरूको नाम सार्वजनिक गर्ने फोब्र्स पत्रिकाका अनुसार, उनी विश्वका सर्वाधिक महँगा डीजेमा पर्छन्। उनले यस वर्ष झन्डै २१ मिलियन डलर कमाएको फोब्र्सले जनाएको छ। मार्समेलोको नाम भजाएर नेपाली युवाहरूलाई ठगी गर्न उनको नाममा आयोजकले टिकट बिक्री गरेको हुनसक्ने महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकृत बताउँछन्उनी भन्छन्, ‘मार्समेलोलाई धेरै रकम उपलब्ध गराउने आश्वासन नेपालका आयोजकले दिए तर अन्त्यमा थोरै रकममा नेपाल आउन नसकेपछि सम्झौता तोडिएको हुन सक्छ। क्रेजी युवाहरूलाई अल्मल्याएर कमाउने नियत आयोजकको देखिन्छ।’ तर, यसबारे मार्समेलो ट्विटरमा कुनै कुरा प्रस्ट पारेका छैनन्। उनले नेपालमा प्रस्तुति नदिनुको पछाडि फुड प्वाइजनिङ भएको दाबी गरेका छन्उनको म्युजिक शैली हेभी इलेक्ट्रोनिक डान्स गर्ने खालको रहने गरेको छ। ट्विटरमार्फत जानकारी दिन रुचाउने मार्समेलोले एक वर्षयता अमेरिका, चीन, दक्षिण कोरिया, भारत र पारग्वेमा आफ्नो प्रस्तुति दिइसकेका छन्उनै विख्यात अमेरिकी डीजे मार्समेलो नआउँदा बुधबार मध्यरात नारायणहिटीपथस्थित ‘क्लब डेजाभु’ रणभूमि बनेको खबर अन्नपूर्ण पोस्टमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?