बलिउडमा यौनिक हिंसाका घटना सार्वजनिक, भारतीय मन्त्रीको यस्तो चेतावनी

मुम्बई, २९ मङसिर । भारतको महिला मन्त्रीले बलिउडमा महिला हिंसाका घटना भएको गुनासो आएकाले तत्काल त्यसलाई रोक्न चेतावनी दिनुभएको छ मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौनिक हिंसा भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिएका हुन् उनले प्रमुख फिल्म उत्पादक कम्पनीहरूलाई पत्राचार नै गरेर आचरण र नियम कानुनलाई ध्यान दिन आग्रह गरे । उनले सन् २०१३ को यौनिक हिंसा सम्वन्धी ऐन अनुसार काम र व्यवहार गर्न फिल्म उत्पादन गर्ने २४ ओटा कम्पनीलाई पत्रचार गरिएको जानकारी दिए मन्त्री गान्धीले सवै कर्मचारीहरूलाई भारतीय कानुन अनुसार सुरक्षित र समावेशी तरिकाले काम गर्ने वातावरण उपलब्ध गराउन र जिम्मेवार हुन पनि ध्यानाकर्षण गराउनु भएको छ गत महिना एक जना भारतीय अभिनेत्रीले फिल्म क्षेत्रमा आफुले प्रवेश गर्ने बेलामा एक जना पुरुष निर्देशकले हिंसा गरेको बताएका थिए । उनले ती निर्देशकको नाम भने गोप्य राखे भारतको महिला तथा बालबालिका विकास मन्त्री गान्धीले हिंसा नियन्त्रणका लागि लगातार ट्वीट गरेका थिए उनले ट्वीटरमा लखेका छन्, “यौनिक हिंसा सम्वन्धी ऐनमा कुनै यौनिक हिंसा विना हरेक महिला कामदारलाई काम गर्ने वातावरण कार्यक्षेत्रमा रहेको सुनिश्चित गर्नु पर्ने उद्धेश्य राखिएको छ ।”मन्त्री गान्धीले पठाउनु भएको पत्रमा ऐनको भावना व्यवहारमा कार्यान्वयन हुने विश्वास लिदै सवै संस्थामा गम्भीरतापुर्वक यस्लाई लिन र प्रतिबद्ध हुन आग्रह पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?