समानुपातिक मतगणना : कुन पार्टीको कति मत ?

काठमाडौं, २९ मंसिर—निर्वाचन आयोगले समानुपातिक तर्फको गणना अन्तिम चरणमा पुगेको जनाएको छ |मतगणना अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेले २९५२९१० मत ल्याएको छ भने पछिपछि रहेको कांग्रेसले २८७३००२ मत ल्याएको छ यस्तै माओवादी केन्द्रले ११८५३४९ मत ल्याउँदा संघीय समाजवादी फोरमले ४१७९१५ मत ल्याएको छ । यसैगरी राजपाले ३८१७९५ मत ल्याएको छ । यी ५ दलले मात्रै हालसम्म ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनु पनर््े कारण यी ५ दल नै राष्ट्रिय दल बन्ने निश्चित देखिएको छ राप्रपा, विवेकशील साझा पार्टी, नेमकिपा, नयाँ शक्ति नेपाल जस्ता दलले थ्रेसहोल्न कटाउने सम्भावना लगभग सकिएको छ विवेकशीलले हालसम्म १९७३५७, राप्रपाले १८८२९९, नयाँ शक्तिले ७५६३९, राप्रपा प्रजातान्त्रिकले ७४६२१, नेमकिपाले ५२६२२ र अन्य दलले ३१८३०५ मत ल्याएका छन् निर्वाचन आयोगका अनुसार शुक्रबार बिहान ९ बजेसम्म समानुपातिकको ८७ लाख १७ हजार ८१४मत गनिसकिएको छ । अब मात्रै १८ लाख ६९ हजा। ७०७ मत मात्रै गन्न बाँकी रहेको छ । निर्वाचनमा कूल १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?