पेस्की बेरुजुको हिस्सा अधिक, अबस्था भयावह

काठमाडौँ, २९ मङ्सिर- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमातहतका कार्यालयमा पेस्की बेरुजुको हिस्सा अधिक पाइएको छ । यस मन्त्रालय मातहतका विभिन्न कार्यक्रम र साविकका जिल्ला विकास समितिका पेस्की बेरुजु अधिक देखिएको हो । पेस्की लिनेदिनेमा अतिख्यारवालाको चासो देखिए पनि फस्र्यौटमा निष्क्रिय हुँदा पेस्की बेरुजु अधिक देखिएको मन्त्रालयले जनाएको छ, कारोबारमा खबर छ मन्त्रालयले आर्थिक वर्ष २०७४-७५ को बेरुजु फस्र्यौट गर्न बनाएको मार्गदर्शनमा कतिपय जिम्मेवार कार्यालय प्रमुखहरू खर्च गर्ने कार्यमा सक्रिय र जिम्मेवारीपूर्ण ढंगले काम गर्ने तर बेरुजु फस्र्यौट तथा प्रतिवेदन दिने कार्यमा ठीक विपरीत देखिने गरेको उल्लेख गरेको छ । कतिपय पुराना बेरुजुको सबुद प्रमाण जुटाउनै हम्मेहम्मे परेको छ मन्त्रालयले आव २०५९-६० सम्मको पुरानो बेरुजु चालू आवमा शून्य बनाउने नीति लिएको छ । यसअनुसार असुल उपर गर्नुपर्ने, सरकारी हानिनोक्सानी र मस्यौट भएकोलाई आवश्यक कारबाही गरी अन्तिम टुंगो लगाई फस्र्यौट गर्ने-गराउने नीति लिएको छ मन्त्रालयले सरकारी हानिनोक्सानी र मस्यौट भएकोबाहेक अन्य विषयमा प्रचलित कानुनबमोजिम सम्बन्धित मन्त्रालयका सचिव वा अधिकारप्राप्त अधिकारीबाट बेरुजु फस्र्यौट गराई लगत कट्टाको लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?