राती १०:३० बजेसम्म समानुपातिकतर्फ एमालेको अग्रता कायमै, माओवादी खस्कियो

काठमाडौँ, २८ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा ९एमाले०को अग्रता कायमै छ निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २८ लाख ९९ हजार ३३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख १७ हजार ९३० मत ल्याई दोस्रो स्थान हासिल गरेको छ त्यस्तै नेकपा ९माओवादी केन्द्र० ११ लाख ६६ हजार ३९५ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख १३ हजार ८७० मत पाएको छ त्यसैगरी राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले तीन लाख ७१ हजार १३, विवेकशील साझाले एक लाख ९४ हजार ७५४, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले एक लाख ८६ हजार ९५५, नयाँ शक्ति पार्टी नेपालले ७४ हजार ७३४, राप्रपा ९प्रजातान्त्रिक० ले ७२ हजार ८९४ र नेपाल मजदुर किसान पार्टीले ५२ हजार २१५ मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?