समानुपातिकतर्फ १२ जिल्लाको मतगणना जारी

काठमाडौं, मंसिर २८ । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६५ जिल्लाको मतगणना कार्य सकिएको छ र अब १२ जिल्लामा मतगणना कार्य जारी रहेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ३ लाख ३३ हजार ६४ मतगणना सम्पन्न भएको छ प्राप्त मत परिणाम अनुसार, नेकपा एमालेले २८ लाख ३० हजार ८७ मत, नेपाली काँग्रेसले २७ लाख ४४ हजार ९०४, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ३७ हजार ३४७, संघीय समाजवादी फोरम, नेपालले ४ लाख २ हजार ७२, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ४५ हजार ७४१, विवेकशील साझा पार्टीले १ लाख ८ हजार ७३६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८४ हजार १६९, नयाँ शक्ति पार्टी, नेपालले ७३ हजार ११७, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६९ हजार ७५३, नेपाल मजदुर किसान पार्टी ५१ हजार ६५२ र अन्य दलले ३ लाख ५ हजार २७० मत प्राप्त गरेका छन् मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, प्रदेश ३ मा काठमाडौं, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश ५ मा प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली र कञ्चनपुर छन् । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य हिजै सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?