गच्छदारसँग भगवती आगो , बीचबाटोमै अवरोध

सुनसरी, २८ मंसिर –सुनसरी ३ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका कांग्रेस नेता विजयकुमार गच्छदार विरुद्ध आज पनि एमालेकी भगवती चौधरी समर्थक कार्यकर्ताहरुले विरोध गरेका छन् निर्वाचन कार्यालयमा गच्छदारले प्रमाणपत्र लिन जाँदा एमालेका कार्यकर्ताहरुले अवरोध गर्ने प्रयास गरेका छन् । अहिले पनि अवरोधको प्रयास जारी छ चौधरी समर्थकको विरोध जुलुस निर्वाचन कार्यालयतर्फ अघि बढ्ने प्रयासमा छ । दुहवीबाट एमाले समर्थक विरोध जुलुस निर्वाचन कार्यालय तर्फ अघि बढ्न खोजेपछि सुरक्षा अवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?