सत्तारुढ पार्टीकै सांसदले विद्रोह गरेपछि महत्वपूर्ण ’ब्रेक्जिट’ विधेयक विफल

लण्डन, २८ मंसिर । बेलायतको ब्रेक्जिट विधेयक सम्बन्धी महत्वपूर्ण मतदानमा प्रधानमन्त्री थेरेसा मे असफल भएकी छन् ।सत्तारुढ कन्जरभेटिभ पार्टीका ११ सांसदहरुले विद्रोह गरेपछि झिनो मतले ब्रेक्जिट विधेयक असफल भएको हो प्रधानमन्त्री थेरेसा मेलाई धक्का दिँदै सांसदहरुले ब्रसेल्ससँग हुने ब्रेक्जिट सम्झौताको कानूनी ग्यारेन्टी संसदमा राख्न मतदान गरेका छन् । सरकारले त्यस्तो व्यवस्थाले ब्रिटेन ईयूबाट सजिलोसँग बाहिर निस्कने प्रक्रियालाई समस्यामा पार्न सक्ने तर्क गरेको थियो विद्रोही सांसदहरुलाई सहुलियत दिन अन्तिम समयतिर प्रयत्न गरिएपनि संशोधनका पक्षमा ३ सय ५ मत परेको थियो भने विपक्षमा ३ सय ९ मत परेपछि विधेयक ४ मतले पराजित भएको हो मन्त्रीहरुले भने सानो धक्काले सन २०१९ मा ईयूबाट ब्रिटेन बाहिरिने कुरा नरोकिने दाबी गरेका छन् । सरकार विरुद्ध ८ जना पूर्वमन्त्रीसहित सत्तारुढ ११ जना सांसदले समेत मतदान गरेका थिए लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ईयू शिखर सम्मेलनको ठीक अघि भएको यो हारका कारण ‘अपमानजनक रुपमा प्रधानमन्त्री मेको अधिकार क्षय’ भएको टिप्पणी गरेका छन् सन २०१९ मार्च सम्ममा ईयूबाट बाहरिनु अघि अरु मुलुकसँग ब्रिटेनको सम्बन्धबारे विभिन्न सम्झौताहरु भइरहेका छन् । विधेयक सरकारको इयूबाट बाहिरिने रणनीतिको मुख्य अंश थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?