कहिले तोकिँदैछ प्रदेश राजधानी ?

काठमाडौं, २८ मंसिर । सरकारले आगामी सोमबार मात्रै प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम आजै तोक्ने चर्चा यसअघि भएपनि आज क्याबिनेट बैठक नै नराखिएकाले मुकाम तोक्न अरु तीन दिनपछि धकेलिएको हो प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बिहीबार क्याविनेट बैठक बोलइएको छैन । परियारले नियमित बैठक सातामा एक दिनमात्र हुने र गत सोमबार नियमित बैठक बसेकाले अर्को बैठक अवको सोमबार मात्रै बस्ने जानकारी दिए बालुवाटार श्रोतका अनुसार सोमबार बस्ने बैठकले सात प्रदेशको राजधानी तोक्नेछ । तर, आम निर्वाचनपछि यो सरकार कामचलाउ भइसकेकाले निर्वाचनमा ठुलो दल बनेको एमालेले काम चलाउ सरकारलाई मुकाम तोक्ने अधिकार नभएको भन्दै कुनै निर्णय नगर्न चेतावनी दिदै आएको छ । एमालेले सरकारले सोमबार सरकारी संस्थानमा गरेका नियुक्तिलगायतका विषयमा समेत असहमति जनाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?