दरबारमार्गको डेजाभू क्लबमा तोडफोड,अमेरिकन डिजे मार्समेलोले ट्वीटरमार्फत मागे माफी

काठमाडौं, २८ मंसिर । दरबारमार्गको चर्चित क्लब डेजाभूमा बुधबार राति तोडफोड भएको छ क्लब डेजाभूमा अमेरिकाका चर्चित डिजे मार्समेलो आउने भनेर टिकट पनि उनलाई क्लबमा नल्याएपछि टिकट लिएर डिस्कोमा पुगेका सर्वसाधारणहरुले तोडफोड गरेका थिए क्लबमा राति अबेरसम्म पनि डीजे मार्समेलो क्लबमा देखिएका थिएनन् । करित राति १ बजेतिरमात्र आयोजकले डीजे मार्समेलोको स्वास्थ्यमा खराबि आएका कारण उनी नआएको जानकारी दिएपछि त्यहाँ उपस्थित सर्वसाधारणहरु आक्रोशित भएका थिए र क्लबमा तोडफोड गरेका थिए लगभग ३ हजारभन्दा धेरै व्यक्तले ५ हजारको दरले टिकट काटेर डिस्को पुगेका थिए । मार्समेलो नआउने खबर पाएलगत्तै उनीहरु आक्रोशित बने र क्लबमा तोडफोड गर्न थाले । उक्त घटनामा एक जना घाइते भएको महानगरीय प्रहरी परिरस काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार, कार्यक्रम रद्द भएपछि अबेर राती ब्लकमा उपस्थित दर्शकहरु तोडफोडमा नउत्रिएका थिए । आक्रोशित दर्शकहरुले वियरका बोतलहरु प्रहार गर्नुका साथै त्यहाँका रहेका समाग्रीहरु समेत तोडफोड गरेका थिए मार्समेलोले भने बिरामी भएका कारण आफू आउन नसकेको जानकारी दिँदै ट्वीटरमार्फत माफी मागेका छन् । आयोजकले समयमै सूचना दिन नसक्दा तोडफोड भएको क्लबका कर्मचारीहरु बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?