बारामा फोरमको विजय जुलुसमा गोली चल्यो, चार प्रहरी घाइते

बारा, २७ मंसिर- बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका–२ बेल्दारीमा संघीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार दिउसो साढे ३ बजे संघीय समाजबादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबीच झडप भएको थियो झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत ढुंगामुढा भएपछि प्रहरीले हवाई फायर गरेको प्रहरी उपरीक्षक वैदवारले जानकारी दिए झडपमा परी चार प्रहरी घाइते भएका छन् । घाइते हुनेमा एक प्रहरी नायब निरीक्षक र तीन जवान छन् । घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका बारेमा थप अनुसन्धान गर्न बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहको नेतृत्वमा जिल्ला प्रहरीको एक टोली बेल्दारी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?