अब समानुपातिकमा बन्द सूचीका नामहरुलाई तलमाथि गर्न नमिल्ने

काठमाडौं, २७ मंसिर — प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले समानुपातिक तर्फको बन्द सुचिमा राखेका उम्मेद्धवारका नामहरुलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताएका छन् बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने,‘दलहरुले आयोगमा बुझाएको बन्द सुचि अनुसार नै क्रमशः पहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरुलाई प्राथमिकता दिनुपर्छ, सबैको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि पनि दलहरुले यसलाई अनिवार्य रुपमा फलो गर्नुपर्छ।’ उनले समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न नपाईने स्पष्ट पारेका छन् उनले समानुपातिकको नतिजा आएपछि कुन दलको कति सिट आउँछ त्यही अनुसार प्रतिशतमा छुट्याउने बताए । उनले भने,‘महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्छ, यो अनिवार्य शर्त हो।’यादवले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको र अब दुई दिनभित्रै समानुपातिकतर्फको पनि सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?