काठमाडौंमा समानुपातिकतर्फ काँग्रेस अगाडि

काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् अहिलेसम्म काठमाडौं जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए निर्वाचन क्षेत्र नं १, ४ र ८ को समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ । जसअनुसार काँग्रेसले ३६ हजार ६०२ मतसहित अगाडि रहेको छ । एमालेले ३२ हजार ५५८, विवेकशील साझा पार्टीले १९ हजार ४५६ र नेकपा (माओवादी केन्द्र)ले पाँच हजार १६५ मत पाएका छन् सातवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ, मुख्य निर्वाचन अधिकृत पोखरेलले भने–“भोलिसम्ममा समानुपातिकतर्फको मतगणना सकिने सम्भावना छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?