ट्रम्पलाई ठूलो धक्का, अलाबामाबाट २५ वर्षपछि डेमोक्रेट जोन्स विजयी

वासिंगटन, २७ मंसिर । अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीको बलियो पकड क्षेत्र मानिदै आएको अलाबामा राज्यबाट डेमोक्रेटिक पार्टीका डग जोन्स विजयी भएका छन रिपब्लिकनलाई निराश बनाउँदै अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका डग जोन्सले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अलाबामाले देशलाई एकताबद्ध हुन सिकाएको उल्लेख गरे उनले आफ्नो अभियान कानूनको शासन र साधारण शिष्टतामा केन्द्रित रहेको समेत बताए । यो चुनावी परिणाम राष्ट्रपति डोनल्ड ट्रम्पका लागि लज्जाको विषय भएको प्रतिक्रिया व्यक्त गरिएको छ ट्रम्पले किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोप विरुद्ध संघर्ष गरिरहेका रिपब्लिकन उम्मेदवार रोय मुरलाई समर्थन गरेका थिए । मुरले अहिलेसम्म परिणामलाई स्वीकार गरेका छैनन् तनावपूर्ण मतगणनाका क्रममा दुई उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा देखिएको थियो । चुनावी परिणामसँगै जोन्स अलाबामाबाट सिनेटमा २५ वर्ष यता चुनिने पहिलो डेमोक्रेट नेता समेत बनेका छन् विगतमा वकिल रहेका उनले उग्रविचारधारा राख्ने कुक्लक्स क्लानका सदस्यलाई सजाय दिलाउन भूमिका खेलेका थिए । सिनेटमा कायम रिपब्लिकनको साँघुरो बहुमतलाई अलाबामाको परिणामले थप घटाइदिएको छ निर्वाचनको परिणामबाट राष्ट्रपति ट्रम्पलाई आफ्ना नीतिगत मुद्दाहरु अघि लैजान समस्या हुने अनुमान गरिएको छ । सामाजिक सञ्जाल ट्विटमार्फट ट्रम्पले जितका लागि जोन्सलाई बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?