टेली चलचित्र ‘पंगा’ पुस २१ गतेदेखि सञ्चालनमा आउने

पोखरा, २७ मंसिर । श्याम शुक्ला फिल्म प्रोडक्सन, पोखराले तयार गर्न लागेको टेली चलचित्र ‘पंगा’ आगामी पुस २१ गतदेखि पोखरामा प्रदर्शन हुने भएको छ पोखरेली कलाकारले अभिनय गर्ने उक्त टेली चलचित्रले वर्तमान समाजका भोगाइ र युवायुवतीले भोगेका समस्यालाई चित्रण गर्न खोजेको चलचित्रका निर्देशक राम बास्तोलाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिए उनका अनुसार पोखराको गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनमार्फत एक वर्ष प्रस्तुत गरिने उक्त चलचित्र प्रत्येक हप्ताको शुक्रबार ७ः३० बजेपछि प्रसारण गरिनेछ । युवापुस्तालाई लक्षित गरिएको चलचित्र समाजमा लोकप्रिय बन्ने विश्वास लिइएको उनले बताए चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विश्वकर्माले युवा कलाकारको सक्रियतामा प्रदर्शनको तयारी गरिएको टेली चलचित्र ‘पंगा’ लोकप्रिय बन्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?