भगवती चौधरीलाई झिनो मतान्तरले हराउँदै काँग्रेसका गच्छदार निर्वाचित

सुनसरी, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका विजयकुमार गच्छदार झिनो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् सुरुदेखि नै अग्रता बनाएकी एमालेकी भगवती चौधरीलाई अन्ततः ३२१ मतले हराउँदै काँग्रेसका गच्छदार विजयी भएका हुन् । गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् भगवती चौधरी गच्छदारसँगै झिनो मतान्तरमा पराजित भएको यो दोस्रो पटक हो । २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् विजय गच्छदार भने २०४८ यताका कुनै पनि चुनावमा पराजित भएका छैनन् । यो सँगै सबै क्षेत्रको प्रत्यक्षतर्फ अन्तिम मतमरिणाम आएको छ प्रतिनिधिसभातर्फ १६५ सिटमा नेकपा एमालेले सबैभन्दा बढी ८० सिटमा जित हासिल गरेर पहिलो दल बनेको छ भने नेकपा (माओवादी केन्द्र) ३६ सिटसहित दोस्रो र नेपाली काँग्रेस २३ सिटसहित तेस्रो ठूलो दल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?