स्याङ्जा २ बाट उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पराजित

स्याङ्जा, २७ मंसिर । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट पराजित भएका छन् । मन्त्री श्रेष्ठलाई एमालेकी महिला उम्मेदवार पद्या अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् बुधबार बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार, निर्वाचित अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी छन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ३१ हजार ४ सय ३६ मम प्राप्त गरेका थिए यो नतिजा सार्वजनिक भएसँगै स्याङ्जाको सबै स्थानको नतिजा बाहिरिएको छ । प्रतिनिधिसभाको दुवै क्षेत्रमा एमालेले आफ्नो एकलौटि कब्जा जमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?