कैलाली– २ मा वाम गठबन्धनका रावल विजयी

धनगढी, २७ मंसिर । कैलाली निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का झपटबहादुर रावल २५ हजार १५७ मत प्राप्त गरी विजयी भएका छन् गएराति घोषणा गरिएको निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजाअनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ विजयी रावलले केही वर्षअघि राठौर मन्त्री हुँदा उनका सहयोगी (पिए) थिए । राठौर हालै मात्र एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेर टिकट पाएका थिए यो निर्वाचन क्षेत्रको यसअघि मंगलबार नै प्रदेशसभा (क) र (ख) को प्रदेशसभा सदस्यको नतिजा घोषणा भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (क) मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा माओवादी केन्द्रका नन्दबहादुर साउद १२ हजार ७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अरुणकुमार चौधरीले ११ हजार २३२ मत प्राप्त गरेका छन् प्रतिनिधिसभा सदस्यको यो निर्वाचन परिणामसहित कैलाली जिल्लाको सबै पाँच निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन क्षेत्र नं १ मा राजपा नेपाल र क्षेत्र नं २, ३, ४ र ५ मा वाम गठबन्धन विजयी भएको छ स्याङ्जा—२ बाट एमालेकी अर्याल विजयीस्याङ्जा, २७ मंसिर । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पदमा अर्याल विजयी भएकी छिन् नेकपा (एमाले) केन्द्रीय सदस्य अर्यालले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ३,७०६ मत अन्तरले पछि पार्दै विजयी भएकि हुन् क्षेत्र नं २ मा कुल ६९ हजार ४८२ मत खसेकोमा वाम गठबन्धनकी विजयी उम्मेदवार अर्यालले ३५ हजार १४२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस केन्द्रीय सदस्य श्रेष्ठले ३१ हजार ४३६ मत ल्याएका छन् क्षेत्र नं २ मा कुल एक लाख एक हजार ३४९ मतदाता रहेका र जसमा ६७ हजार ६५५ मत सदर तथा एक हजार ८२७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ दुई प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको स्याङ्जाका दुई प्रतिनिधिसभा र तीनवटा प्रदेशसभामा वाम गठबन्धन विजयी भएको छ भने एउटा प्रदेशसभामा नेपाली काँग्रेस विजयी भएको छ यसअघि, स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी भैसक्नु भएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी निवर्तमान सांसद काँग्रेस नेता राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी विजयी भएका हुन् विजयी उम्मेदवार मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गर्दा पराजित उम्मेदवार थापाले २८ हजार ७३१ मत प्राप्त गरेका थिए । २०७० सालको संविधानसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ मा उनीहरु दुवै प्रतिस्पर्धी हुन् । संविधानसभाको निर्वाचनमा पराजय भोग्नुभएका मरासिनीले यस पटक थापासँग बदला लिएका हुन् क्षेत्र नं २ को प्रदेश ‘ख’ मा काँग्रेस नेता भगवतप्रकाश मल्लले माओवादी केन्द्रका युवा नेता सूर्यप्रसाद गैह्रे (पारस) लाई एक हजार ५४० मतले पराजित भएको हो । काँग्रेस नेता मल्लले १९ हजार १७० मत ल्याउँदा वाम गठबन्धनका गैह्रेले १७ हजार ६३० मत प्राप्त गरे स्याङ्जा क्षेत्र नं २ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका मोहन रेग्मी विजयी भएका छन् । नेकपा (एमाले) खेलकुद विभागका केन्द्रीय सदस्य मोहन रेग्मीले १६ हजार ६१३ मत ल्याई विजयी भएका हुन् वाम गठबन्धनका रेग्मीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि विष्णु पौडेललाई तीन हजार ४७३ मतले पछाडि पार्दै विजयी भएका हुन् । पराजित पौडेलले १३ हजार १४० मत प्राप्त गरे क्षेत्र नं १ को प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएका छन् । एमाले जिल्ला अध्यक्ष गुरुङले काँग्रेस नेता तुलसी गिरीलाई पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन् प्रदेशसभामा विजयी गुरुङले २० हजार २४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका तुलसी गिरीले १४ हजार ५१० मत प्राप्त गरे क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनका दीपक चर्तीमगर विजयी भइसकेका छन् । माओवादी केन्द्रका उम्मेदवार चर्तीमगरले काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई ७ सय २६ मतले पछि पार्दै विजयी भएका हुन् विजयी चर्तीमगरले कुल १७ हजार ३९२ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमल पंगेनीले १४ हजार ६६६ मत प्राप्त गरे । बिहीबार मतदान सम्पन्न भएपनि बुथ कब्जाको विषयलाई लिएर दलहरुबीचको विवादका कारण मतगणना आइतबार रातिदेखि मात्रै शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?