प्रतिनिधिसभाका १६४ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

काठमाडौं, मंसिर २७ । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६४ प्रतिनिधि निर्वाचित भएका छन । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना पनि अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो जानकारी अनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै प्रतिनिधि निर्वाचित भएका छन हालसम्म प्राप्त विवरण अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २२, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन । यसैगरी, नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित भएका छन । पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि २०७४ मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा निर्वाचन भएको थियो यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ५३ लाख ३९ हजार २३ मतगणना सम्पन्न भएको छ । जसअनुसार, नेकपा एमालेले १ लाख ७२ हजार २९९ मत, नेपाली काँग्रेसले १७ लाख ४ हजार ५४७, नेकपा (माओवादी केन्द्र) ले ७ लाख २ हजार ७८१, संघीय समाजवादी फोरम, नेपालले २ लाख ३० हजार ७५६, राष्ट्रिय जनता पार्टी, नेपालले १ लाख ७२ हजार ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २६ हजार ३२, विवेकशील साझा पार्टीले १ लाख १६ हजार २९०, नयाँ शक्ति पार्टी, नेपालले ५४ हजार ४०१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ४१ हजार ६५९ र राष्ट्रिय जनमोर्चाले ३४ हजार ४३६ र अन्य दलले १ लाख ७८ हजार २४५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?