चार राष्ट्रिय दल, राजपाको सम्भावना बाँकी

काठमाडौँ, २७ मङ्सिर – प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको एक करोड पाँच लाखमध्ये आधा मत गन्दा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । त्यसैले राष्ट्रिय पार्टीका रूपमा उनीहरूले मात्रै समानुपातिकको एक सय १० सिटको वितरणमा सहभागी हुन पाउनेछन् राजपा नेपालले प्रत्यक्षमा फोरमभन्दा एक बढी अर्थात् ११ सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड छुन संघर्ष गरिरहेको छ । अहिलेसम्म उसले २ दशमलव ४८ प्रतिशत मत पाएको छ । यो मत ३ प्रतिशत पुर्‍याएमा उसले पनि कम्तीमा चार सिट पाउनेछ । र ती चार सिट कांग्रेस, एमाले, माओवादी र फोरमको खाताबाट घट्नेछ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?