१६४ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौँ, २७ मङ्सिर – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये मङ्गलबार राति ८ बजेसम्म १६४ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब सुनसरी ३ को मात्रै अन्तिम परिणाम आउन बाँकी छ । प्रदेशसभाको प्रत्यक्षतर्फको ३३० क्षेत्रमध्ये सुनसरी क्षेत्र नम्बर ३ ‘ख’को मात्रै परिणाम आउन बाँकी छ, गोरखापत्रमा खबर छ हालसम्मको परिणामअनुसार एमालेले प्रतिनिधिसभाका ८० स्थानमा जित हासिल गरेर अग्र स्थानमा छ । माओवादी केन्द्रले ३६ स्थानमा, नेपाली कांँग्रेसले २२, राष्ट्रिय जनता पार्टी (राजपा) ले ११ र सङ्घीय समाजवादी फोरम नेपालले १० क्षेत्रमा जित हासिल गरेका छन् । यस्तै, नयाँ शक्ति पार्टी १, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चाका १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ तथा स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् निर्वाचत हुनेमा महिलाको सङ्ख्या न्यून छ । प्रतिनिधिसभामा अहिलेसम्म छ जना महिला मात्रै निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?