२०७४, २६ मङ्सिर मंगलवार १६:४२

चर्चित भएर पनि जो पराजित भए


प्रकाशित मिति : २०७४, २६ मङ्सिर मंगलवार १६:४२

– रमेश लम्सालकाठमाडौँ, २६ मंसिर- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको हो विशेषगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका प्राडा गोविन्दराज पोखरेल प्यूठानबाट पराजित हुनुभयो । भारतका लागि नेपाली राजदूतसमेत रहनुभएका दीपकुमार उपाध्याय र त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत डा खगेन्द्र अधिकारी पराजित हुनुभयो राम्रो स्थानमा रहेको र काम गरेर जनताको मन जित्न सक्ने अवस्थामा रहेका ती व्यक्तित्वहरु निर्वाचन परिणामका आधारमा पराजित हुनुभएको हो । यस्तै लामो समय पत्रकारिता गरेर विवेकशील साझा पार्टीको संयोजकसमेत रहनुभएका रवीन्द्र मिश्र पराजित हुँदा नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकबाट राजीनामा दिनुभएका नवराज सिलवाल भने ललितपुर–१ बाट निर्वाचित हुनुभयो यस्तै विगतमा अनेक रुपमा गलत काममा नाम जोडिएका राजीव गुरुङले मनाङबाट प्रदेशसभामा विजयी हुँदा उस्तै प्रकृतिका उम्मेदवार भनेर प्रचारित गणेश लामाले भने निर्वाचनमा पराजय भोग्नुप¥यो नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग निर्वाचन लड्न झापा क्षेत्र नं ५ पुग्नुभएका डा अधिकारीले २८ हजार २९७ मत प्राप्त गर्नुभयो । ओलीले अर्धशतकको हाराहारीमा मत प्राप्त गर्दा अधिकारीले पराजय भोग्नुप¥यो । ओलीले सो क्षेत्रबाट ५७ हजार १३९ मत प्राप्त गर्नुभयो उता राष्ट्रिय रुपमा स्थापित व्यक्तित्वको छवि बनाउनुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसक्नुभएका प्राडा पोखरेल राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् वाम गठबन्धनका साझा उम्मेदवार दुर्गा पौडेलसँग पराजित हुनुभयो पौडेलले ४७ हजार ५१४ मत ल्याएर विजयी हुँदा प्राडा पोखरेलले ३१ हजार २८६ मत ल्याउनु भएको थियो । निर्वाचनका लागि भन्दै भारतका लागि नेपाली राजदूतको पद त्याग गरेर मैदानमा खडा हुनुभएका उपाध्याय पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका चक्रपाणि खनालसँग पराजित हुनुभयो कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा उत्रनुभएका उपाध्यायले २८ हजार ८५३ मत ल्याउनुभयो । सो क्षेत्रबाट विजयी खनालले भने २९ हजार ७९९ मत प्राप्त गर्नुभयो । आफू पराजित भएपछि विजयी उम्मेदवार खनाललाई बधाई दिँदै आगामी दिनमा पनि कपिलवस्तुको विकास निर्माणमा आफ्नो सक्रिय सहभागिता हुने प्रतिबद्धता उपाध्यायले व्यक्त गर्नुभएको छ उहाँले भन्नुभयो, “निर्वाचनमा होमिएपछि जीत–हार सामान्य प्रक्रिया हो । निर्वाचनले संविधान कार्यान्वयनको बाटो अघि बढेको छ । अब मुलुक आर्थिक समृद्धिको दिशामा बढ्छ भन्ने मेरो विश्वास छ ।”जनताको मन र विश्वास जितेको भए पनि प्राविधिक रुपमा आफूले हार्नु परेको भन्दै विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार मिश्रले आफूहरु निरन्तर राजनीतिमा क्रियाशील रहने बताउनुभएको छ । मिश्रले यो चुनावी यात्राका क्रममा आफूलाई नेपाल र विदेशमा रहेका नेपालीको असोचनीय स्तरमा साथ र सहयोग मिलेको भन्दै यसपटक राष्ट्रिय पार्टी बन्न नसके पनि राजनीतिमा सकारात्मक रूपले गरेको आक्रामक आगमन नै खुशीको विषय भएको उल्लेख गर्नुभयो । उहाँ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित हुनुभयो सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत प्राप्त गर्नुभयो । मनाङबाट प्रदेशसभा (ख)मा उम्मेदवार हुनुभएका गुरुङ स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रनुभएको थियो । उहाँले एक हजार ४१० मत ल्याएर प्रदेशसभामा विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत प्राप्त गर्नुभयो । उता फरक पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका सिलवालले ललितपुर–१ बाट अर्थराज्यमन्त्रीसमेत रहनुभएका काँग्रेस उम्मेदवार उदयशम्शेर राणालाई पराजित गर्नुभयो सिलवालले २६ हजार ९५१ मत पाएर विजयी हुँदा राणाले भने २० हजार ७२९ मत प्राप्त गर्नुभयो । आफूलाई जनताले विश्वास गरेको र वाम गठबन्धनको साथ र सहयोगले विजयी भएको सिलवालको भनाइ छ । मत परिणामलाई हेर्दा राजनीतिक कर्मभन्दा बाहिर रहेका एकाध उम्मेदवार मात्रै सफल भएको र अन्य धेरै भने असफल भएको देखिन्छ । तर पराजित र विजयी हुने उम्मेदवारका भने आ–आफ्नै दाबी रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस