रामचन्द्र हराउने गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस

तनहुँ, २६, मंसिर – नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ निर्वाचनमा विपक्षीलाई सहयोग पु¥याएको भन्दै आज बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले उहाँलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि काँग्रेसको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो जोशीले वागी उम्मेदवार हाल्दा प्रस्तावक र समर्थक बसेका अरु दुईजनालाई समेत कारबाहीका लागि सिफारिस गरिएको पार्टीका जिल्ला सचिव लक्ष्मी आचार्यले बताउनुभयो काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नं. १ वाट वागी उम्मेदवारी दिने जोशी तथा उनका प्रस्तावक हरिशरण पण्डित र समर्थक रामदेव पन्थलाई कारबाहीको लागि सिफारिस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?