तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव छैन : बालकृष्ण खाँण

काठमाडौं, २६ मंसिर — नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको स्पष्ट पारेका छन् मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खाँणले निर्वाचनमा पार्टीले व्यहोरेको हारको जवाफदेहिता पार्टी सभापति शेरबहादुर देउवाले मात्रै नभएर सबैले लिनुपर्ने भन्दै त्त्काल नेतृत्व परिवर्तन नहुने बताएका हुन् उनले भने,‘अहिले कसैले पार्टी सभापतिको विरुद्धमा अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन, पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँलाई पनि छैन, प्रचारप्रसार समितिको संयोजक गगन थापाजी पनि हो, उहाँले पनि पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ, यो त सामूहिक जवाफदेहिताको कुरा हो, मैले आफ्नो ठाउँबाट लिनुपर्ने जवाफदेहि म लिन्छु, अब केन्द्रिय समितिमा यो विषयमा कसैले कुरा राख्छ भने छलफल हुनसक्छ, तर नेतृत्व फेरबदल हुँदैन, बरु पार्टीलाई एकजुट भएर अघि बढाउँछौं।’उनले विशेष महाधिवेशन बोलाएपनि नबोलाएपनि पार्टी नेतृत्व परिवर्तन नहुने ठोकुवा गरे । उनले थपे,‘विशेष महाधिवेशन बोलाएपनि नेतृत्व परिवर्तन हुँदैन, यो म अहिल्यै नै भन्छु।’ खाँणले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि बरु एकजुट भएर नेतृत्वलाई सघाउनतिर नेताहरु लाग्ने विश्वास दिलाए । महामन्त्री डा. सशांक कोइरालाले पनि सामूहिक रुपमा पराजयको जिम्मेवारी लिँदै अब पार्टीलाई पूनः स्टे«न्थ प्रदान गर्न एकजुट भएर लाग्नुपर्ने अभिव्यक्ति दिएकोले सबैको ध्यान अब एकजुट भएर अघि बढ्ने नै रहेको उनले जनाए त्यस्तै उनले पार्टी सभापति देउवाले चाहे उहाँ आँफै संसदीय दलको नेता बन्ने समेत स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?