प्रतिनिधिसभाका अब ५ सिटको परिणाम आउन बाँकी, को अगाडि छन् ?

काठमाडौं, २६ मंसिर । प्रतिनिधि समा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६० स्थानको मतपरिणाम आएको छ अब प्रतिनिधिसभातर्फ ५ सिटको मात्रै परिणाम आउन बाँकी छ । निर्वाचन आयोगले विवादका कारण रोकिएका सुनसरी ३ र सर्लाही ४ मा मतगणना शुरु गर्न निर्देशन दिएको छ उता कैलाली २ मा मतगणना विवादका कारण स्थगित भएको छ । उता, कांग्रेसले बुथ कब्जा गरेको भन्दै पुनःमतदान माग गरेर वामपन्थी गठबन्धनले रोकेको स्याङ्जाको मतगणना जारी रहेको छ स्याङ्जाका दुवै क्षेत्रमा एमालेका उम्मेदवार अगाडि रहेका छन् । क्षेत्र नम्बर १ मा एमालेका नारायण मरासिनी २३ हजार ७४४ मतका साथ अघि रहेका छन् भने कांग्रेसका राजु थापा १८ हजार ५३३ मत पाएर पछ्याइरहेका छन् सो क्षेत्रको प्रदेशसभा क मा माओवादीका दिपक थापा बिजयी भइसकेका छन् भने ख एमालेका मीनवहादुर गुरुङ विजयी भएका छन् क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार पद्मा अर्याल उपप्रधानमन्त्री तथा कांग्रेस नेता गोपालमान श्रेष्ठभन्दा करिब ५ हजार मतान्तरले अघि रहेकी छन् अर्यालले २२ हजार १४० मतका साथ अग्रस्थानमा छिन् भने श्रेष्ठले १७ हजार ९६४ मत ल्याएर पछ्याइरहेका छन् गणना स्थगित भएर पुनः शुरु भएको सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता छ । यद्यपि, सुनसरी क्षेत्र नं. ३ को मतगणना एमालले बहिष्कार गरेको छ सर्लाही ४ मा राजपाका राकेश मिश्र र कैलाली २ मा एमालेका झपट रावलले अग्रता लिइरहेका छन् अहिलेसम्म घोषणा भएका १६० सिटमध्ये एमालेले ७७ सिट जितेको छ भने माओवादी केन्द्रले ३६ सिट र कांग्रेसले २१ सिट जितेको छ यस्तै राष्ट्रिय जनता पार्टीले ११ सिट, संघीय फोरमले १० सिट र राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी र नयाँ शक्ति पार्टीले एक एक सिट जितेका छन् । हुम्लामा माओवादी नेता छक्कवहावदुर लामाले स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?