चीनसँगको सम्बन्धबारे प्रश्न उठेपछि अस्ट्रेलियन विपक्षी नेताको राजीनामा

एजेन्सी, २६ मंसिर । चीनसँगको सम्बन्धलाई लिएर प्रश्नहरु उठेपछि अष्ट्रेलियाका एक जना प्रभावशाली विपक्षी नेताले सांसद पदबाट राजीनामा दिएका छन् लेबर पार्टीका नेता श्याम डेस्टयारीलाई चन्दा सहयोग पाए बापत चिनियाँ सरकारी स्वार्थहरुको प्रवद्र्धन गरेको आरोप लागेपछि उनले सांसद पदबाट राजीनामा दिएका हुन् कुनै समय उदाउँदो नेताको रुपमा परिचय बनाएका ३४ वर्षीया नेताले आफ्नो दललाई थप लज्जाको परिस्थितिबाट जोगाउन राजीनामा दिएको बताएका छन् अघिल्लो साता अष्ट्रेलियाले घरेलु राजनीतिमा विदेशी प्रभाव रोक्न भन्दै देशबाहिरबाट राजनीतिक चन्दा लिन प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । श्याम डेस्टयारीले एउटा चिनियाँ व्यापारिक फर्मबाट चन्दा स्वीकार गरेकोमा यसअघि नै माफी मागिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?