न्युयोर्कको बस टर्मिनल विस्फोटको घटनामा एक बंगलादेशी पक्राउ

न्युयोर्क, २६ मंसिर । प्रहरीले न्युयोर्कको म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनामा संलग्न भएको आशंकामा एक जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ न्युयोर्कमा स्थानीय समयअनुसार सोमबार बिहान भएको एक विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले एक २७ वर्षीय बंगलादेशी युवा पक्राउ गरी सोधपुछ जारी राखेको छ अकायाद उल्लाह नाम गरेका ती बंगलादेशी केही वर्षदेखि अमेरिकामा बस्दै आएको बताइएको छ । उनले ट्याक्सी चालकको रुपमा काम गरेका थिए । उनको शरीरमा बाँधिएको पाइप बम विष्फोट हुँदा उनी घाइते भएका थिए भने अन्य तीन जना घाइते भएका थिए न्युयोर्क सहरका मेयर बिल दे ब्लासियोले आतंककारी हमलाको प्रयास भएको बताए । राज्यका गभर्नर एन्ड्रयु कुओमोले अकायाद इस्लामिक स्टेटजस्ता समूहहरुबाट प्रभावित भएको हुनसक्ने आशंका गरेका छन् टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनल मुनि रहेको भूमिगत मार्गमा स्थानीय समय अनुसार सोमबार बिहान सो घटना भएको थियो ह्वाईट हाउसकी प्रेस सेक्रेटरी सेरा हकबी स्यान्डर्सले सो घटनाका बारे राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराइएको बताएकी छन् पोर्ट अथोरिटी बस टर्मिनल अमेरिकाको सबैभन्दा ठूलो बस टर्मिनल हो, जहाँबाट वर्षेनी ६ करोड पचास लाख मानिसहरु आवतजावत गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?