प्रहरीको ‘मोस्ट वान्डेड’ सूचीमा रहेका रेशम चौधरी कैलाली–१ बाट विजयी

कैलाली, २६ मंसिर । टिकापुर हत्याकाण्डका प्रमुख आरोपी प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा भारी मतान्तरले निर्वाचित भएका छन् प्रहरीको फरार सूचीमा रहेका चौधरी राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए । उनले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरमा जित निकालेका छन् चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धका एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा) ले १३ हजार ४ सय ६ मत प्राप्त गरिन् कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपाने ११ हजार २ सय ३ मत ल्याएर तेस्रो भइन् । चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् । प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको बर्बरतापूर्वक सामूहिक हत्याको घटनामा उनी प्रमुख योजनाकार भएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?