प्रदेश प्रमुखमा ‘स्वतन्त्र’ नियुक्तिको तयारी, अस्थायी राजधानी कि बैठकस्थल ?

काठमाडौं, २६ मङ्सिर-सरकारले सातवटा प्रदेशका लागि प्रदेश प्रमुख र प्रदेश बैठकस्थल तोक्ने तयारी अघि बढाएको छ । गत १० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम अन्तिम चरणमा पुगेका बेला सरकारले प्रदेश प्रमुख र बैठक स्थल तोक्ने तयारी अघि बढाएको हो प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभा अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले यसअघि प्रदेश प्रमुख नियुक्ति नगरेको र प्रदेशको अस्थायी राजधानी नतोक्दा अब बन्ने प्रादेशिक सरकार गठन तथा त्यसको शपथग्रहण र प्रादेशिक बैठकस्थल अन्योलमा छ संविधानअनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा अधिवेशन बोलाउनैपर्ने भएकाले सरकारले प्रदेश प्रमुख र बैठकस्थल तोक्ने तयारी गरेको हो । प्रदेश प्रमुख राजनीतिक नियुक्ति भएकाले सरकारले विवादरहित हुनेगरी प्रदेश प्रमुख तोक्ने गृहकार्य अघि बढाएको छ, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?