एमाले–माओवादी एकता सरकार गठनपछि

काठमाडौं, २६ मङ्सिर- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरी पार्टी एकतासम्म पुग्ने घोषणा गरेका एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनपछि मात्र एकता गर्ने भएका छन् प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै प्रत्यक्षतर्फ संघ र प्रदेश दुवैमा स्पष्ट बहुमत ल्याएका वाम गठबन्धनले पार्टी एकीकरणको एजेन्डालाई भन्दा सरकार गठनको एजेन्डालाई प्राथमिकतामा राखेर गृहकार्यसमेत सुरु गरेका छन् । एकताको प्रक्रिया लामो हुने भएकाले सरकार गठनसँगै एकता प्रक्रिया सुरु भए पनि एकता घोषणा भने सरकार गठनपछि मात्र हुने उनीहरूको भनाइ छ एमाले स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि दुई पार्टीको सहमतिअनुसार अघि बढ्दै पहिला सरकार निर्माण गरिने बताए । सरकार निर्माण, संसदीय दलको गठनपश्चात् पार्टी एकीकरणको प्रक्रिया सुरु हुने उनले बताए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?