काठमाडौँ ५ का दुवै प्रदेशमा वाम गठबन्धन विजयी

काठमाडौँ, २५ मंसिर । काठमाडौँ क्षेत्र नं ५ का दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् निर्वाचन क्षेत्र नं ५ को १ मा नेकपा (एमाले)का नारायणबहादुर सिलवाल र २ नं प्रदेशमा पनि एमालेकै दीपक निरौला विजयी भएको निर्वाचन अधिकृत चणकमणि अर्यालले जानकारी दिए उनका अनुसार सिलवालले ७ हजार ७ सय ९० मत र निरौलाले १३ हजार ७ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् सिलवालका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रमा पौडेलले चार हजार ३०९ मत र निरौलाका निकटतम प्रतिद्वन्द्वी रमेशकुमार खड्काले नौ हजार ५२४ मत प्राप्त गरेका छन् यसअघि उक्त निर्वाचन क्षेत्रबाट एमालेका महासचिव ईश्वर पोखरेल विजयी भइसकेका छन् निर्वाचन अधिकृत अर्यालले भोलि बिहानबाट समानुपातिकतर्फको मतगणना हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?