चर्चित युवा रहबर जो फेरि पनि पराजित भए

माओवादी केन्द्रका प्रदेशसभा उम्मेदवार रहबर अन्सारी फेरि पर्सा क्षेत्र नम्बर १(क) बाट पराजित बनेका छन् बाम गठबन्धनका माओवादी उम्मेद्धवार अंसारी संघिय समाजवादी फोरम नेपालका जनत अंसारीसँग पराजित भएका हुन् फोरमका अंसारीले ८ हजार ५ सय ९३ मत प्राप्त गरी विजय हासिल गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका रामनारयण प्रसाद कुर्मी बने । उनले ७ हजार १ सय ७१ मत प्राप्त गरे भने रहबरले र ६ हजार ७ सय ९४ मत पाए । युवाहरुमाझ चर्चित रहबर तेस्रो बनेका हुन् गत स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पनि उनी उम्ेदवार बनेका थिए भने त्यतिबेला पनि उनी चर्चित तर पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?