सञ्चार राज्यमन्त्री विष्टलाई पराजित गर्दै विन्दा विष्ट सुर्खेत २ मा विजयी

सुर्खेत, २५ मंसिर । सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका युवा नेता विन्दमान विष्ट विजयी भएका छन् उनले आफ्नो प्रतिद्वन्द्वी बहालवाला सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई पराजित गर्दै विजयी भएका हुन् नेता विन्दमानले १५ हजार ६ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि कांग्रेसका पूर्व समापति समेत रहेका तप्तबहादुरले १२ हजार ४ सय ७७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?