महोत्तरीको ४ ‘ख’ बाट फोरम नेपालका सरोज सिंह विजयी

गौशाला, २५ मंसिर । महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका सरोज सिंह विजयी भएका छन् मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार, संघीय समाजवादी फोरम नेपालका सरोज सिंहले ७ हजार ५ सय ५५ मत ल्याएर विजयी भएका छन् उनको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का सरोज यादवले ५ हजार ७९ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?