सुनसरी ३ मा एमालेका भगवती चौधरीलाई पछि पार्दै कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार

सुनसरी, २५ मंसिर । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले एमालेकी उम्मेदवार भगवती चौधरीलाई पछि पारेका छन् पछिल्लो अपडेटअनुसार गच्छदारले चौधरीलाई ३२ मतले पछि पारेका छन्गच्छदारले २७ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् । एमालेकी चौधरीले २७ हजार ७ सय १२ मत प्राप्त गरेकी छिन् त्यस्तै, गच्छदारले आफ्नो मतान्तर व्यापक रुपमा कम गर्दै अग्रता लिएका हुन् । ६ सय मतले पछाडि रहेका गच्छदारले क्रमिक रुपमा मतान्तर घटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?