प्रचण्डको जित निश्चित, विक्रम पाण्डेभन्दा करिब १० हजार मतान्तरले अघि

काठमाडौं, २५ मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जित नजिक पुगेका छन् मतगणनाको पछिल्लो विवरण अनुसार प्रचण्डले ४४ हजार ७ सय ५० मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३४ हजार ७ सय ७ मत ल्याएका छन् चितवनमा अब करिब १२ हजार मतगणना गर्न बाँकी रहँदा प्रचण्डले पाण्डेलाई १० हजार ४३ मतले पछि पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?